पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पाेखरामा  मृगाैला प्रत्यारोपण सफलतापूर्बक सम्पन्न

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पाेखरामा मृगाैला प्रत्यारोपण सफलतापूर्बक सम्पन्न

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पाेखरामा आज ५० बर्षिया महिलाको मृगाैला प्रत्यारोपण सफलतापूर्बक सम्पन्न भएको छ । ति महिलालाई उहांकै ५१ बर्षिय श्रीमानले मृगाैला प्रदान गर्नु भएको छ ।शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरबाट डा.पुकारचन्द्र श्रेष्ठको टिम र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका डा.प्रकाश क्षेत्री डा.अनुप चापागाई डा माया लामा डा.जुजु श्रेष्ठ डा.अमृत के.सी. सहितको टिमले प्रत्यारोपण गरेको हो । अब नियमित रूपमा यस अस्पतालमा मृगाैला प्रत्यारोपण हुने व्यहाेरा सराेकारवाला सम्पूर्णमा अनुराेध गर्दै यस कार्यकाे लागी सहयाेग पुर्याउनुहुने सवैलाइ प्रतिष्ठान परिवार हार्दिक धन्यवाद दिन चाहन्छ ।