मुस्ताङ देखी पोखरा सम्मको लागि छुटेको यात्रुवाहक बसबारे प्रेस विज्ञप्ति

मुस्ताङ देखी पोखरा सम्मको लागि छुटेको यात्रुवाहक बसबारे प्रेस विज्ञप्ति

मिति २०७९ साल फाल्गुण ३ गते मुस्ताङ देखी पोखरा सम्मको लागि छुटेको यात्रुवाहक बस म्याग्दी जोमसोम सडकखण्डमा दुर्घटना परि यस अस्पतालको आकस्मिक कक्षमा मिति २०७९ फाल्गुण ३ गते १३ जना घाईते विरामीहरु भर्ना हुनुभएको व्यहोरा जानकारी गरिन्छ । आकस्मिक कक्षमा भर्ना हुनुभएका विरामीहरु मध्ये ६ जना सोही विभागबाट सामान्य उपचार पछि डिस्चार्ज भई जानुभएको छ भने ७ जना हाल सम्म यसै अस्पतालमा उपचाररत रहनुभएको व्यहोरा अनुरोध गर्दछौं । हाल उपचाररत घाईते विरामीहरु मध्ये ६ जना हाडजोर्नी विभागमा र १ जना सर्जरी विभागमा भर्ना भई उपचाररत हुनुहुन्छ । उपचाररत सम्पूर्ण विरामीको अवस्था सुधारोन्मुख रहेको व्यहोरा जानकारीको लागी अनुरोध गर्दछौं । उपचाररत सम्पूर्ण विरामीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।